२०८३, २८ असार सोमबार

५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति अर्घा भगवती मन्दिरमा भेटियो

५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति अर्घा भगवती मन्दिरमा भेटियो


काठमाडौं । अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ । २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट हराएको पञ्चमुख भएका शिवको मूर्ति आज बिहान शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो ।

बाइसे चौबीसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरबारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मूर्ति पुनः प्रतिस्थापन गरिएको पण्डित केशवराज आचार्यले बताउनुभयो ।

सन्धिखर्क नगरपालिका–९ मा रहेको अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्ति थिए । ५१ वर्ष अगाडि मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चोरी भएको थियो । मूर्ति हराएपछि खोजी गर्दै जाँदा मुद्दा चलेको थियो ।

पुनरावेदन अदालत तत्कालीन अञ्चल अदालतमा हराएको मध्येको एक वटा मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्चमुख भएको मूर्ति मन्दिरमा रहेको र त्यो मूर्ति पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि आज शुभ साइतमा प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालले बताउनुभयो । मुद्दाको समयमा त्यो मूर्ति अनुसन्धानको सिलसिलामा लगिएको हुन सक्ने र झन्डै चार सय वर्ष पुरानो हुन सक्ने अनुमान छ ।

दशैँमा विशेष पूजाआजा हुने अर्घा भगवती मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ पनि हुने पण्डित केशवराज आचार्य बताउनुहुन्छ । यसत्ै कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्दछ । अर्घाको सराये नाच देशभर प्रसिद्ध छ ।

अहिले अर्घा मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राखिएको छ । लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति स्थापना गरिएको हो ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  ४ : ३६ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण