२०८३, २८ श्रावण शुक्रबार

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट


काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन भएको उक्त आईपीओमा कुल ११ लाख ९० हजार २९६ आवेदकले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन स्वीकृत हुँदा ४ हजार ६५४ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदक परेकोले धितोपत्र निष्कासन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट भएको छ । यसरी १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खालि भएको छ ।

कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा १४।३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ५० करोड रुपैयाँ छ । प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  ३ : ५३ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व