२०८२, २२ चैत्र सोमबार

बजारमा चिनी सहज बन्दै, किलोको ११५ रुपैयाँभन्दा बढी लिए उजुरी गर्न वाणिज्य विभागको आग्रह

बजारमा चिनी सहज बन्दै, किलोको ११५ रुपैयाँभन्दा बढी लिए उजुरी गर्न वाणिज्य विभागको आग्रह


काठमाण्डौ । काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।

उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार सङ्घले जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीका अनुसार अस्ति बुधवार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको छ ।

यस्तै, हिजो ३ सय ८२ बोरा चिनी गएको छ । थप चिनी आज बजारमा जाने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका सङ्घका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।

बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घले चिनी बिक्री गर्न थालेको हो । यसरी बिक्री भइरहेको चिनीको मूल्य किलोको ११५ रुपैयाँ निर्धारण गरिएको वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिनुभयो । किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई उहाँको आग्रह छ ।

बजारमा पेयपदार्थका लागि उद्योगीसँग मौज्दातमा रहेका चिनी पठाउन थाले पनि ढुवानी भाडा बढी लाग्न थालेपछि बिक्रेताहरुले बिक्री गर्न रुचि देखाएका छैनन् । यसले गर्दा सबै उपभोक्तामाझ चिनी पुर्याउन भने समस्या देखिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  १० : २५ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको