२०८२, १६ चैत्र मंगलबार

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया


काठमाडौं । दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ ।

चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि त्यसैले हत्तपत्त खानको लागि यो सजिलो पनि हुन्छ ।

तर यति धेरै यसको उपभोग भए पनि स्वास्थ्यमा भने कस्तो असर पार्छ भन्ने कुरामा भने आम मानिसले हेक्का राखेको पाइँदैन । दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ, फाइदा केही पनि गर्दैन । किनकि यसमा शरीरलाई चाहिने कुनै पनि प्रकारको पोषक तत्व हुँदैन । यसमा शरीरलाई हानि पुर्‍याउने तत्व ट्रान्स फ्याट, हाइ क्यालोरी, सोडियम अत्यधिक मात्रामा हुन्छ ।

यसमा हुने ट्रान्स फ्याट अर्थात् सरल भाषामा नराम्रो चिल्लो पदार्थ हो । यसले धमनीहरुको भित्री भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरो बनाउने गर्छ । यसले गर्दा रक्तसञ्चारमा अवरोध ल्याउने र रगत जम्ने सम्भावनालाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ ।

यसले रगतमा खराब कोलेस्टेरोलको मात्रालाई बढाउँछ । जसले गर्दा युवावस्थामै मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलामा स्तन क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब पाँच लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ ।

अर्को यसमा उच्च क्यालोरी हुन्छ । जसले थोरै खाए पनि ऊर्जा बढी दिन्छ । तर शरीरमा चाहिने प्रोटिन भने हुँदैन । यसले गर्दा उच्च क्यालोरी भएको खानेकुरा बढी सेवन गर्दा प्रोटिनको कमीले मोटोपन बढ्ने तर कुपोषण हुने जोखिम हुन्छ । त्यस्तै दालमोठ वा भुजियामा सोडियमको मात्रा अत्यधिक मात्र हुन्छ । यसले मस्तिष्क, धमनी र मुटुमा असर गर्छ ।

दालमोड र भुजिया धेरै खाँदा घुँडा र हातखुट्टा सुन्निने, मिर्गौलामा पत्थरीको जोखिम, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्या समेत हुन सक्छ । यसबाट बुढेसकालमा स्मरण शक्तिमा ह्रास आउने समेत हुन सक्छ । विभिन्न अंगमा पानी जम्ने समस्या पनि हुन सक्छ । बढी नुन भएको खाना सेवन गर्नाले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । यसबाहेक पेट दुखाइ, पेट फुल्ने, ग्यास्ट्रिक, पखाला र कब्जियतलगायत समस्या हुन्छ ।

उच्च रक्तचाप, कब्जियत, अल्सर वा कुनै पेटसम्बन्धी समस्या भएमा, शल्यक्रिया गरेको वा कुनै जटिल रोग भएमा खानु हुँदैन । यदि इरिटेबल बोवेल सिन्ड्रोम अर्थात् एकैछिनमा कब्जियत र पखाला हुने समस्या भएकाले पनि यी कुरा नखाएकै राम्रो हुन्छ । किनकि यसले रोगलाई अझ जटिल बनाउन सक्छ ।

दालमोठ र भुजिया खानै पर्ने भएमा अन्य पोषण र फाइबरयुक्त खानेकुरासँग थोरै मिसाएर खानु राम्रो हुन्छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ६ : २० बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक