२०८१, ३० फाल्गुन शुक्रबार

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया


काठमाडौं । दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ ।

चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि त्यसैले हत्तपत्त खानको लागि यो सजिलो पनि हुन्छ ।

तर यति धेरै यसको उपभोग भए पनि स्वास्थ्यमा भने कस्तो असर पार्छ भन्ने कुरामा भने आम मानिसले हेक्का राखेको पाइँदैन । दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ, फाइदा केही पनि गर्दैन । किनकि यसमा शरीरलाई चाहिने कुनै पनि प्रकारको पोषक तत्व हुँदैन । यसमा शरीरलाई हानि पुर्‍याउने तत्व ट्रान्स फ्याट, हाइ क्यालोरी, सोडियम अत्यधिक मात्रामा हुन्छ ।

यसमा हुने ट्रान्स फ्याट अर्थात् सरल भाषामा नराम्रो चिल्लो पदार्थ हो । यसले धमनीहरुको भित्री भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरो बनाउने गर्छ । यसले गर्दा रक्तसञ्चारमा अवरोध ल्याउने र रगत जम्ने सम्भावनालाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ ।

यसले रगतमा खराब कोलेस्टेरोलको मात्रालाई बढाउँछ । जसले गर्दा युवावस्थामै मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलामा स्तन क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब पाँच लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ ।

अर्को यसमा उच्च क्यालोरी हुन्छ । जसले थोरै खाए पनि ऊर्जा बढी दिन्छ । तर शरीरमा चाहिने प्रोटिन भने हुँदैन । यसले गर्दा उच्च क्यालोरी भएको खानेकुरा बढी सेवन गर्दा प्रोटिनको कमीले मोटोपन बढ्ने तर कुपोषण हुने जोखिम हुन्छ । त्यस्तै दालमोठ वा भुजियामा सोडियमको मात्रा अत्यधिक मात्र हुन्छ । यसले मस्तिष्क, धमनी र मुटुमा असर गर्छ ।

दालमोड र भुजिया धेरै खाँदा घुँडा र हातखुट्टा सुन्निने, मिर्गौलामा पत्थरीको जोखिम, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्या समेत हुन सक्छ । यसबाट बुढेसकालमा स्मरण शक्तिमा ह्रास आउने समेत हुन सक्छ । विभिन्न अंगमा पानी जम्ने समस्या पनि हुन सक्छ । बढी नुन भएको खाना सेवन गर्नाले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । यसबाहेक पेट दुखाइ, पेट फुल्ने, ग्यास्ट्रिक, पखाला र कब्जियतलगायत समस्या हुन्छ ।

उच्च रक्तचाप, कब्जियत, अल्सर वा कुनै पेटसम्बन्धी समस्या भएमा, शल्यक्रिया गरेको वा कुनै जटिल रोग भएमा खानु हुँदैन । यदि इरिटेबल बोवेल सिन्ड्रोम अर्थात् एकैछिनमा कब्जियत र पखाला हुने समस्या भएकाले पनि यी कुरा नखाएकै राम्रो हुन्छ । किनकि यसले रोगलाई अझ जटिल बनाउन सक्छ ।

दालमोठ र भुजिया खानै पर्ने भएमा अन्य पोषण र फाइबरयुक्त खानेकुरासँग थोरै मिसाएर खानु राम्रो हुन्छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ६ : २० बजे

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक