२०८३, ११ कार्तिक बुधबार

पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आयोगले कार्यविधिको मस्यौदा बनायो

पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आयोगले कार्यविधिको मस्यौदा बनायो


काठमाण्डौ । पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले कार्यविधिको मस्यौदा तयार पारेको छ ।

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचमा पुर्‍याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न पालिकाबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने प्रयोजनका लागि कार्यविधिको मस्यौदा तयार भएको आयोगले जनाएको छ । मस्यौदामा सरोकारवालाहरूको सुझाव सङ्कलनका लागि आयोगको वेबसाइटमा अपलोड पनि गरिएको जानकारी दिइएको छ ।

मस्यौदामा कुनै पालिकाले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा पालिकाको भौतिक स्रोत साधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको जनाइएको छ । यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित पालिकाको केन्द्र वा वडास्तरमै नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य प्रारम्भ हुनेछ । दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको छ ।

निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था भएअनुसार मस्यौदा तयार गरेको आयोगको भनाइ छ । आयोगले यो कार्यमा पालिकाले सहयोग गर्ने अपेक्षा रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ५ : ४५ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका