२०८२, ९ मंसिर मंगलबार

सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति

सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति


काठमाण्डौ । सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ ।

दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, अछाम लगायतका जिल्लामा आइतवार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको बैतडीको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो ।

पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । नेपालबाट हिजो मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हिजो बेलुका पश्चिमी क्षेत्र हुँदै पश्चिमी वायु प्रवेश गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वायुको प्रभावकै कारण गएराति पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परेको थियो । विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  १२ : ४४ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा