२०८३, २० आश्विन बुधबार

मुस्ताङका १ हजार जनाले लिए चीन छिर्ने पास

मुस्ताङका १ हजार जनाले लिए चीन छिर्ने पास


काठमाडौं । मुस्ताङका करिब १ हजार जना नागरिकले चीन प्रवेश गर्ने पास पाएका छन् । इलाका प्रशासन कार्यालय लोमान्थाङ र चराङबाट पास वितरण गरिएको हो ।

लोमान्थाङबाट ६ सय ५० जनाले पास लिएका छन् भने चराङबाट ३ सय ४८ हाराहारीले पास पाएका बताइएको छ । यहाँका नागरिकहरू कोरला नाका हुँदै चीन जान पाउँछन् । लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई बोर्डर पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

‘अहिले १ हजार नेरोघेरोमा पास वितरण भएको छ । केही नागरिकहरू छुट्नुभएको छ । फर्म बुझाएर उहाँहरू पोखरा झर्नुभएकोले रोकिएको हो,’ उनी भन्छन्, ‘सशरीर उपस्थित नहुँदासम्म पास दिँदैनौँ ।’ उनले अहिले पास लिन अन्य कारणले छुटेको भए पनि पुनः अनुकूल समयमा वितरण गरिने बताए । ‘अहिले छुटेकालाई अनुकूल समय मिलाएर पुनः वितरण गर्छौँ,’ उनले भने, ‘२ पालिकाका नागरिकले प्रमाण र कागजात पूरा गरे पास पाउन रोकिनुहुन्न ।’

यसअघि पास लिनका लागि आवश्यक कागजातसहित निवेदन दिने भनेको थियो । प्रक्रिया र कागजात पुगेकालाई मात्रै पास दिइएको उनको भनाई छ । लो घेकरमा ४ सय जनाले पास बनाउन निवेदन दिएका छन् । तर सबैले पास पाएका छैनन् । पास वितरणसँगै नेपाल र चीनको समकक्षी बैठक कोरला नाकामा बसेको छ ।

नाका सञ्चालन र व्यवस्थापनका लागि सहजीकरण गर्न बैठक बसेको हो । छलफलमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी पन्त सहभागी थिए । दुई पालिकाका जनप्रतिनिधि र सुरक्षा निकाय प्रमुखहरू सहभागी थिए । चीनका तर्फबाट प्रमुख जिल्ला अधिकारी सरहकै हैसियतका अधिकारी उपस्थित भएका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरुङले बताए ।

‘हामीले तत्कालै नाका खोल्नुपर्छ भनेर माग राख्यौँ । तर प्रक्रियागत केही ढिलाइका कुरा उहाँहरूले गर्नुभयो,’ गुरुङ भन्छन्, ‘हाम्रो पालिकाका नागरिकहरू धेरै आत्तिएका छन् । जतिसक्दो छिटो नाका सञ्चालन भए राहत हुने थियो ।’ चिनियाँ पक्षले कोरलामा निर्माण गरेको संरचनाको उद्घाटनपछि मात्रै नाका खोल्ने बुझिएको छ । ‘नाका खोल्नुअघि एक हिसाबको उद्घाटन पनि गर्ने कि भन्ने छ । छिटै उद्घाटनको तयारी गरिएको रहेछ,’ बैठकका एक सहभागीले भने ।

चीनमा पनि नेपाल प्रवेशको पास वितरण भइरहेको छ । तर गाडी र अन्य सवारी साधन आउजाउको व्यवस्थाका लागि भने कुनै निर्णय भएको छैन । नाकाबाट ३० किलोमिटर आसपास उनीहरू सोही पास देखाएर जानआउन पाउँछन् । नेपालबाट सबैभन्दा नजिक पर्ने बस्ती ढोङबा हो । नाका खोल्ने तयारीसँगै नेपाल तर्फबाट भन्सारका कर्मचारी नेचुङ पुगिसकेका छन् । वीओपी र क्वारेन्टिन पनि अलर्ट अवस्थामा राखिएको छ । केही समयअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले पनि नाकाको निरीक्षण गरेर फर्किएको छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ११ : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको