२०८२, २० श्रावण मंगलबार

मुस्ताङका १ हजार जनाले लिए चीन छिर्ने पास

मुस्ताङका १ हजार जनाले लिए चीन छिर्ने पास


काठमाडौं । मुस्ताङका करिब १ हजार जना नागरिकले चीन प्रवेश गर्ने पास पाएका छन् । इलाका प्रशासन कार्यालय लोमान्थाङ र चराङबाट पास वितरण गरिएको हो ।

लोमान्थाङबाट ६ सय ५० जनाले पास लिएका छन् भने चराङबाट ३ सय ४८ हाराहारीले पास पाएका बताइएको छ । यहाँका नागरिकहरू कोरला नाका हुँदै चीन जान पाउँछन् । लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई बोर्डर पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

‘अहिले १ हजार नेरोघेरोमा पास वितरण भएको छ । केही नागरिकहरू छुट्नुभएको छ । फर्म बुझाएर उहाँहरू पोखरा झर्नुभएकोले रोकिएको हो,’ उनी भन्छन्, ‘सशरीर उपस्थित नहुँदासम्म पास दिँदैनौँ ।’ उनले अहिले पास लिन अन्य कारणले छुटेको भए पनि पुनः अनुकूल समयमा वितरण गरिने बताए । ‘अहिले छुटेकालाई अनुकूल समय मिलाएर पुनः वितरण गर्छौँ,’ उनले भने, ‘२ पालिकाका नागरिकले प्रमाण र कागजात पूरा गरे पास पाउन रोकिनुहुन्न ।’

यसअघि पास लिनका लागि आवश्यक कागजातसहित निवेदन दिने भनेको थियो । प्रक्रिया र कागजात पुगेकालाई मात्रै पास दिइएको उनको भनाई छ । लो घेकरमा ४ सय जनाले पास बनाउन निवेदन दिएका छन् । तर सबैले पास पाएका छैनन् । पास वितरणसँगै नेपाल र चीनको समकक्षी बैठक कोरला नाकामा बसेको छ ।

नाका सञ्चालन र व्यवस्थापनका लागि सहजीकरण गर्न बैठक बसेको हो । छलफलमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी पन्त सहभागी थिए । दुई पालिकाका जनप्रतिनिधि र सुरक्षा निकाय प्रमुखहरू सहभागी थिए । चीनका तर्फबाट प्रमुख जिल्ला अधिकारी सरहकै हैसियतका अधिकारी उपस्थित भएका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरुङले बताए ।

‘हामीले तत्कालै नाका खोल्नुपर्छ भनेर माग राख्यौँ । तर प्रक्रियागत केही ढिलाइका कुरा उहाँहरूले गर्नुभयो,’ गुरुङ भन्छन्, ‘हाम्रो पालिकाका नागरिकहरू धेरै आत्तिएका छन् । जतिसक्दो छिटो नाका सञ्चालन भए राहत हुने थियो ।’ चिनियाँ पक्षले कोरलामा निर्माण गरेको संरचनाको उद्घाटनपछि मात्रै नाका खोल्ने बुझिएको छ । ‘नाका खोल्नुअघि एक हिसाबको उद्घाटन पनि गर्ने कि भन्ने छ । छिटै उद्घाटनको तयारी गरिएको रहेछ,’ बैठकका एक सहभागीले भने ।

चीनमा पनि नेपाल प्रवेशको पास वितरण भइरहेको छ । तर गाडी र अन्य सवारी साधन आउजाउको व्यवस्थाका लागि भने कुनै निर्णय भएको छैन । नाकाबाट ३० किलोमिटर आसपास उनीहरू सोही पास देखाएर जानआउन पाउँछन् । नेपालबाट सबैभन्दा नजिक पर्ने बस्ती ढोङबा हो । नाका खोल्ने तयारीसँगै नेपाल तर्फबाट भन्सारका कर्मचारी नेचुङ पुगिसकेका छन् । वीओपी र क्वारेन्टिन पनि अलर्ट अवस्थामा राखिएको छ । केही समयअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले पनि नाकाको निरीक्षण गरेर फर्किएको छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ११ : ०५ बजे

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आसन्न

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे

आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार

हेटौंडा । बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न

प्रधानमन्त्री ओलीको सहभागितामा एलएलडिसी सम्मेलन सुरु

काठमाडौं । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो