काठमाडौं । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी जयमती महरको ढुङ्गाले लागेर आइतवार हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हिजो दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया