२०८२, १२ मंसिर शुक्रबार

दशैं तिहारका लागि आजदेखि नयाँ नोट साट्न पाइने

दशैं तिहारका लागि आजदेखि नयाँ नोट साट्न पाइने


काठमाडौं । आजदेखि दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने छ ।

काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  ८ : ०८ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री