२०८३, १ जेष्ठ शनिबार

शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार


काठमाण्डौ । शेयर बजार नेप्से आज घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यो हप्ताको एक दिन सामान्य बढे पनि बाँकी चार दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भयो । आइतवारदेखि आज बिहीवारसम्म नेप्से ८२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै सिटी होटलको शेयर नौ प्रतिशत तथा बाराही हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज भगवती हाइड्रो, मध्य सोलु हाइड्रो र हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ७५ लाख ५८ हजार कित्ता शेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर १६ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ४ : ५७ बजे

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको