२०८२, ४ कार्तिक सोमबार

शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार


काठमाण्डौ । शेयर बजार नेप्से आज घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यो हप्ताको एक दिन सामान्य बढे पनि बाँकी चार दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भयो । आइतवारदेखि आज बिहीवारसम्म नेप्से ८२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै सिटी होटलको शेयर नौ प्रतिशत तथा बाराही हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज भगवती हाइड्रो, मध्य सोलु हाइड्रो र हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ७५ लाख ५८ हजार कित्ता शेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर १६ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ४ : ५७ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,