२०८३, २६ आश्विन मंगलबार

जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ ल्याउने


काठमाडौं । नेपालको अग्रणी स्टिल उद्योग जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १७ असोजमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्ने भएको हो ।

जगदम्बाले प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियममा आईपीओ जारी गर्ने निवेदन पेश गरेको छ । कुल ६ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ ।

जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता सेयर दिँदैछ । कम्पनीले २ करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।

कम्पनीले आईपीओ निष्कासका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले लिमिटेडलाई नियुक्त गरेको छ ।

नेपालकै ठूलो कम्पनी जगदम्बाले कुल स्टिल्स उद्योग बजारको ३५ प्रतिशत हिस्सा ओगट्छ । बजारमा भएकामध्ये पछिल्लो १५ वर्षदेखि सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगको पहिचान पनि जगदम्बासँगै छ ।

उद्योगको पछिल्लो विवरणअनुसार प्रतिमहिना २० करोड रुपैयाँ विद्युत् महसुल भुक्तानी गर्छ । गत वर्ष मात्रै कम्पनीले सरकारलाई ६ अर्ब ३५ करोड रुपैयाँ कर तिरेको थियो ।

आर्थिक वर्ष २०७८र७९ मा १० करोड ६ लाख आयकर तिरेको कम्पनीले सो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ भ्याट संकलन गरेको थियो ।

यस्तै एक अर्ब ४१ करोड २५ लाख रुपैयाँभन्दा धेरै रकम भन्सार शुल्क सरकारलाई बुझाएको थियो । गत आर्थिक वर्षमा कम्पनीले ४० अर्ब १७ करोड सञ्चालन आम्दानी गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७८र७९ मा ४९ अर्ब ७४ करोडको कारोबार गरेको थियो ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  ६ : १२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल