२०८१, ९ फाल्गुन शुक्रबार

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, कर्मचारीले नकिनेको सेयर सर्वधारणलाई

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, कर्मचारीले नकिनेको सेयर सर्वधारणलाई


काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार आज आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १४ देखि १८ असोजसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । तर, कर्मचारीलाई छुट्याएको सेयरमध्ये ५ लाख ८८ हजार ७८४ कित्ता सेयर खरिद नभएपछि उक्त सेयर समेत थप गरी कम्पनीले एक करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर बाँडफाँट गरेको हो ।

उक्त आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले एक करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १० लाख ४० हजार ७७० आवेदन स्वीकृत भएको बिक्री प्रबनधक एनआईएमबि एस क्यापिटलले जनाएको छ। उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

जसअनुसार १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। त्यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुमा नै थप १ कित्ताको दरले ८ जनालाई बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा आवेदन दिएर सेयर पाएका १० लाख ३२ हजार १३२ आवेदकमध्ये ८ जनाले कम्पनीको थप एक कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकले भने सेयर प्राप्त गरेनन् ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  ११ : ३९ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,