२०८२, ३ फाल्गुन आईतबार

इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह

इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह


काठमाण्डौ । सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सभामुख घिमिरे आज शोक वक्तव्यमार्फत् १० जना नेपालीको निधनमा दुःख व्यक्त गरी शव ल्याउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सम्पर्कविहीन रहेकाको खोजबिनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।

गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् ।

उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  ११ : ३४ बजे

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार