२०८२, ३ फाल्गुन आईतबार

तत्काल स्वदेश फर्काउन इजरायलमा रहेका विद्यार्थीको आग्रह

तत्काल स्वदेश फर्काउन इजरायलमा रहेका विद्यार्थीको आग्रह


काठमाण्डौ । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका विद्यार्थीहरुले आफूहरुलाई तत्काल स्वदेश फर्काउन आग्रह गरेका छन् । आफूहरुलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको भन्दै उनीहरुले तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

आफूहरु सुरक्षित ठाउँमा रहे पनि मानसिक र शारीरिक रुपमा कठिन अवस्थामा रहेकाले उद्धारमा ढिलाइ नगर्न उनीहरुले सामाजिक सञ्जालमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्व प्रभावित क्षेत्रमा रहेका अन्य देशका विद्यार्थीहरुको उद्धार भइसकेको तर नेपालीको मात्रै उद्धार हुन ढिलाइ भएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयले भने स्वदेश आउन इच्छुकहरुलाई सबै विकल्प खुला राखेर छलफललाई अगाडि बढाएको प्रतिक्रिया दिएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा इजरायलमा रहेको नेपाली दूतावास र इजरायलको विदेश मन्त्रालयसँग छलफल भइरहेको छ । त्यहाँको विदेश मन्त्रालयले पनि नेपालीलाई स्वदेश फर्काउन पूर्णरुपमा समन्वय गर्ने प्रतिक्रिया दिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने तयारी भइरहेको भनिए पनि कहिले पठाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन ।

स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने भन्ने विषयमा सरकार आफैँ अलमलमा छ । इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।

गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो ।

यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ । हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ ।

यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् ।

दूतावासले संयम रहँदै दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  १० : २८ बजे

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार