२०८२, २२ श्रावण बिहीबार

अनुमतिविना घरजग्गा व्यवसाय गरे ६ महिना कैद

अनुमतिविना घरजग्गा व्यवसाय गरे ६ महिना कैद


काठमाडौं । अनुमति नलिई घरजग्गाको कारोबार गर्नेहरुलाई अब सजाय हुने भएको छ । यसअघि घरजग्गा व्यवसाय र कारोबारका लागि कुनै अनुमतिपत्रको व्यवस्था नभएकोमा मालपोत ऐन २०३४ संशोधनमार्फत अनुमति पत्रको व्यवस्थालाई अनिवार्य गर्न लागिएको हो ।

सरकारले पेश गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गरेको छ ।

प्रतिवेदनमा रहेको मालपोत ऐन सम्बन्धी परिमार्जित व्यवस्थामा अनुमति विपरीत घरजग्गाको कारोबार गरे कैद र जरिवानाको व्यवस्था छ ।

अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था थपिएको छ ।

यसअघि त्यस्तो काममा संलग्नलाई १० लाखसम्म जरिवानाको प्रस्ताव मात्रै थियो । यस्तो मुद्दा सरकारवादी हुने भनी यसअघिकै विधेयकमा परिकल्पना छ ।

घरजग्गा कारोबारमा अनुमतिपत्र लिने व्यवस्था सरकारले तोकेको ठाँउमा मात्रै लागू हुनेछ । त्यहाँ पनि तोकेको सीमाभन्दा बढी कारोबार गर्नेहरुलाई मात्रै अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न खोजिएको हो ।

घरजग्गा कारोबारीले दिएको निवेदनका आधारमा पाउने अनुमतिपत्र ५ वर्षका लागि हुनेछ ।

सरकारले अघिल्लो बजेट वक्तव्यमा पनि घरजग्गा कारोबारमा अनुमतिपत्र लिनुपर्ने र अनुमतिपत्र प्राप्त व्यक्तिबाट मात्रै कारोबार गर्न पाइने व्यवस्था लागू गर्ने घोषणा गरेको थियो, जुन हालसम्म कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  ५ : २० बजे

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग

काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको पत्रकार

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुन सक्रिय रहँदा पनि जलवाष्पयुक्त हावाको