२०८२, २१ जेष्ठ मंगलबार

काठमाडौँमा डेंगु संक्रमितको संख्या साढे ७ सय पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँमा डेंगु संक्रमितको संख्या साढे ७ सय पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं । काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । दुई साता यताको तथ्याङ्क केलाउँदा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको पाइएको छ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार अघिल्ला वर्षहरूमा असोज,कात्तिक महिनामा काठमाडौंमा तीव्र गतिमा डेंगुको संक्रमण दर बढेको थियो । त्यसअनुसार अहिले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गएको आठ महिनाको अवधिमा हालसम्म काठमाडौंमा ७६४ जना डेंगु संक्रमित भएका छन् । जबकि ७ असोजसम्म संक्रमितको संख्या ५८० मात्र थियो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला साताहरूमा डेगु संक्रमित बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । त्यहाँ १० दिन यता दैनिक १० देखि १२ जना डेंगु संक्रमित बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । टेकु अस्पतालमा खास गरी, कालिमाटी, कलङ्की क्षेत्रबाट डेंगुका बिरामी उपचारका लागि आइरहेका छन् ।

नेपालमा विगतमा भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा भने उच्च जोखिम भने कायमै रहेको सरुवारोग विशेषज्ञहरू बताउँछन् । काठमाडौंमा डेंगु फैलियो भने कुनै पकेट क्षेत्र फैलिने भएकाले सचेत हुन सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको आग्रह छ ।

‘विगतमा काठमाडौंमा केही क्षेत्रमा ब्रेक आउट भएको थियो । डेंगु संक्रमणको जोखिम उच्च रहेकाले सावधानी अपनाउन र सजग हुन जरुरी छ,’ उनले भने ।

काठमाडौंमा डेंगु संक्रमणको अवस्था

ईडीसीडीका अनुसार७ असोजसम्म काठमाडौंमा संक्रमितको संख्या ५८० पुष्टि भएको थियो । ८ असोजदेखि २१ असोजसम्म दुई साताभित्र आइतवारसम्म १८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यस क्रममा ८ असोजमा ३३ जना, १० असोजमा ३२ जना, १२ गते १३ संक्रमित भएका छन् । १४ गते २१ जना,१५ गते १५ जना, १६ गते १८ जन, १८ गते, २० जना, २० गते १९ जना तथा २१ गते १३ जनामा डेंगु संक्रमण पुष्टि भई हालसम्म काठमाडौंमा संक्रमितको संखया ७६४ पुगेको छ ।

दैनिक डेढ देखि २ सय संक्रमित
महाशाखाका अनुसारका दैनिक डेढ सयदखि २ सय जनामा डेंगु संक्रमण पुष्टि हुने गरेको छ । हाल ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा बाग्मती प्रदेशका ४ हजार ७८० जना रहेका छन् ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यस्तै,सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा छन् । जहाँ २३ हजार ६७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

दुई दशकदेखि डेंगुको सङ्क्रमण
नेपालमा डेंगु देखिन थालेको १९ वर्ष भयो । सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । उता, सन् २००५ मा भने सङ्क्रमण देखिएन । त्यसपछि क्रमशः सन् २००६ देखि २००९ सम्म वर्षेनी डेंगु संक्रमण पुष्टि हुँदै आएको छ ।

गत वर्ष साउनदेखि मंसिर सम्ममा ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो । जसमा ५० जनाको ज्यान गएको थियो भने ४० हजार भन्दा धेरै जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

डेंगुबाट जोगिन यसो गरौं
– पुरा बाहुला भएको लुगा लगाउने ।
– झुलभित्र मात्र सुत्ने ।
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
– घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।
– खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।
– गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा साताको एक पटक फेर्ने ।
– साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकुन्भनेर विशेष सावधानी अपनाउने ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  २ : २९ बजे

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि