२०८३, १० कार्तिक मंगलबार

हमासको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्ज्वलन

हमासको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्ज्वलन


काठमाडौं । इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । शनिबार बिहानदेखि इजरायलमा हमास समूहले आक्रमण जारी राखेको छ ।

दक्षिणी क्षेत्रमा पर्ने गाजा नजिकको किबुज अलुमिम क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी रहेका थिए । तीमध्ये आक्रमणमा परेर १० जनाको ज्यान गएको हो । मञ्चका अध्यक्ष वासु गौतमले मृतकका परिवारप्रति समवेदना जनाउँदै र दुःखमा साथै छौं भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरेको बताए ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ५७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा