२०८३, २५ भाद्र शुक्रबार

चीन प्रवेश गर्ने पास बनाउन प्रशासनको आग्रह

चीन प्रवेश गर्ने पास बनाउन प्रशासनको आग्रह


काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले चीन प्रवेश गर्ने पास बनाउनका लागि सम्बन्धित पालिकाका नागरिकलाई आग्रह गरेको छ । मुस्ताङमा १८ देखि ३३ नम्बरसम्म पिलर छ ।
त्यसमध्ये २४ नम्बर पिलरबाट मात्रै औपचारिक आउजाउ हुन्छ । कोरोनाको समयदेखि ठप्प रहेको यो नाका खोल्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला भैसकेको छ । अहिले नाका खुल्नुअघि नै सम्बन्धित व्यक्तिहरुलाई पासको व्यवस्था गर्न लागिएको हो ।

मुस्ताङको लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका नागरिकलाई चीन छिर्ने पास दिन लागिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार पास छापेर लगिसकिएको र मंगलबारदेखि आवश्यक कागजात पुर्‍याएर वितरण गरिनेछ । प्रवेश अनुमति पत्र बनाउन १० रुपैयाँको हुलाक टिकट सहित वडा कार्यालयबाट बसोबास गरिरहेको प्रमाण पुग्ने सिफारिस, नागरिकता, २ प्रति फोटो र यसअघि लिएको पास कार्ड चाहिने प्रशासनले जनाएको छ ।

२०७८ सम्म यहाँका नागरिकका पास रिन्यु हुँदै आएको थियो । तर नाका खुल्ने छाँटकाँट नभएपछि नवीकरण समेत रोकियो । नाका नखुल्दा उत्तरी क्षेत्रका नागरिकको दैनिकीमा समस्या हुँदै आएको छ । यसअघि नै गोरखाले समेत बोर्डर पासका लागि प्रक्रिया अघि बढाइसकेको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका नागरिकलाई बोर्डर पास वितरण हुन्छ

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ११ : ५० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको