२०८३, १० कार्तिक मंगलबार

चीन प्रवेश गर्ने पास बनाउन प्रशासनको आग्रह

चीन प्रवेश गर्ने पास बनाउन प्रशासनको आग्रह


काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले चीन प्रवेश गर्ने पास बनाउनका लागि सम्बन्धित पालिकाका नागरिकलाई आग्रह गरेको छ । मुस्ताङमा १८ देखि ३३ नम्बरसम्म पिलर छ ।
त्यसमध्ये २४ नम्बर पिलरबाट मात्रै औपचारिक आउजाउ हुन्छ । कोरोनाको समयदेखि ठप्प रहेको यो नाका खोल्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला भैसकेको छ । अहिले नाका खुल्नुअघि नै सम्बन्धित व्यक्तिहरुलाई पासको व्यवस्था गर्न लागिएको हो ।

मुस्ताङको लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका नागरिकलाई चीन छिर्ने पास दिन लागिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार पास छापेर लगिसकिएको र मंगलबारदेखि आवश्यक कागजात पुर्‍याएर वितरण गरिनेछ । प्रवेश अनुमति पत्र बनाउन १० रुपैयाँको हुलाक टिकट सहित वडा कार्यालयबाट बसोबास गरिरहेको प्रमाण पुग्ने सिफारिस, नागरिकता, २ प्रति फोटो र यसअघि लिएको पास कार्ड चाहिने प्रशासनले जनाएको छ ।

२०७८ सम्म यहाँका नागरिकका पास रिन्यु हुँदै आएको थियो । तर नाका खुल्ने छाँटकाँट नभएपछि नवीकरण समेत रोकियो । नाका नखुल्दा उत्तरी क्षेत्रका नागरिकको दैनिकीमा समस्या हुँदै आएको छ । यसअघि नै गोरखाले समेत बोर्डर पासका लागि प्रक्रिया अघि बढाइसकेको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका नागरिकलाई बोर्डर पास वितरण हुन्छ

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ११ : ५० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा