२०८२, २४ कार्तिक आईतबार

मुख्यमन्त्री कार्कीको पत्र : राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन अनुरोध

मुख्यमन्त्री कार्कीको पत्र : राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन अनुरोध


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलका प्रदेसभा सदस्यलाई अनुरोध गरेका छन् ।

कार्कीले प्रदेशसभामा रहेका सबै दलका नेतालाई पत्र पठाउँदै कोशी प्रदेशको राजनीaतिक स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत माग्ने कार्यक्रम छ ।

‘प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा ९४० बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन सहित०को नियम १२८ को उपनियम ९१० र ९२० बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दलसमक्ष हार्दिक अनुरोध गर्दछु’, कार्कीले पत्रमा भनेका छन्, ‘साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनुभएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवं सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’

९३ जना प्रदेश सभा सदस्यमध्ये एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपा ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । ६ सांसद रहेको राप्रपाले एमालेको साथ छोडिसकेकाले उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीमध्ये कुनै एक दलको समर्थन लिन सके भने मुख्यमन्त्रीलाई सजिलो हुने छ ।

मुख्यमन्त्री कार्कीको पत्र

प्रकाशित मिति : २०८०, २० आश्विन शनिबार  ११ : ४४ बजे

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ