२०८३, १० कार्तिक मंगलबार

जेलमा रहेकी इरानी अभियानकर्मीलाई नोबेल शान्ति पुरस्कार

जेलमा रहेकी इरानी अभियानकर्मीलाई नोबेल शान्ति पुरस्कार


काठमाडौं । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु हुने भएको छ । महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।

मोहम्मदी अहिले इरानको जेलमा हुनुहुन्छ । इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । पाँच पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ । यस्तै एक सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।

नोबेल शान्ति पुरस्कार आउँदो डिसेम्बर १० मा वितरण गरिने छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा ९ लाख ९० हजार अमेरिकी डलर पाउँछन् । यदि एकभन्दा बढी विजेता भएमा त्यही रकम उनीहरूबीच भाग लगाइन्छ ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  ४ : ५७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा