२०८२, २८ फाल्गुन शुक्रबार

घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई सरकारले ५० हजार राहत दिने

घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई सरकारले ५० हजार राहत दिने


काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।

भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।

यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ ।

राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।

भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।

यस्तै भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्‍यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने भएको छ ।

भूकम्पले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने प्रतिबद्धता जनाएको छ ।

सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदि क्षति पुगेका संरचनाहरूको यथाशीघ्र पुनः निर्माण गरिने समेत जनाइएको छ ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  ४ : ४५ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा