२०८२, ३० कार्तिक आईतबार

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो


काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ई .डीभी कार्यक्रमको लागि बुधबार रातीदेखि आवेदन खुलेको छ । नेपाली समय अनुसार असोज १७ गते राति ९: ४५ बजेबाट आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १० : ४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलग्ने अमेरिकी दूतावासले जनाएको छ ।
आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।

अनलाइन फारम कसरी भर्ने

सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा  www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ई डिभी आवेदन फारम भर्नु पर्नेछ ।

दर्ता गर्दा आफ्ना पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  १० : ५१ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर