२०८३, १० कार्तिक मंगलबार

ट्रकको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

ट्रकको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा


काठमाडौं । ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । अहिले राजमार्गमा गाडी आवतजावत भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बिहान ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको ज्यान गएपछि आफन्तले सडक बन्द गरेका थिए ।

दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  १२ : १७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा