२०८३, ९ बैशाख बिहीबार

अख्तियार प्रतिवेदन : एक वर्षमा झण्डै २१ हजार उजुरी

अख्तियार प्रतिवेदन : एक वर्षमा झण्डै २१ हजार उजुरी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, आर्थिक वर्ष २०७९–८० मा भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरू प्राप्त भएको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता भोला दाहालले विभिन्न माध्यमबाट आर्थिक वर्ष २०७९—८० मा २० हाजार ९०५ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू सहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको जानकारी दिए ।

उनका अनुसार प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५.९५ प्रतिशत रहेका छन्। त्यसपश्चात, क्रमशः शिक्षा (स्थानीय तहसमेत) १४.५५ प्रतिशत, भूमि प्रशासन ६.०९ प्रतिशत, वन तथा वातावरण ४.१४ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या ३.१२ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात ४.१० प्रतिशत, गृह प्रशासन ३.५८ प्रतिशत, पर्यटन, उद्योग तथा वाणिज्य २.७१ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ २.५८ प्रतिशत, खानेपानी तथा शहरी विकास २.५१ प्रतिशत, अर्थ १.८९ प्रतिशत, कृषि तथा पशुपन्क्षी १.५२ प्रतिशत र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित १.०३ प्रतिशत उजुरी उनले जानकारी दिए ।

त्यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्र ६.०२ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन ७.१२ प्रतिशत र अन्य निकाय तथा क्षेत्रसँग सम्बन्धित उजुरीहरू ३.०९ प्रतिशत रहेका छन्। उजुरीमध्ये १८ हजार ७९९ वटा उजुरी अर्थात् ६६.९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन्। जसमध्ये ११३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीको लागि लेखी पठाइएको प्रवक्ता दाहालले जानकारी दिए ।
प्रारम्भिक छानबिनको क्रममा रहेका ९ हजार २६८ उजुरी आर्थिक वर्ष २०८०÷८१ मा जिम्मेवारी सरेर आएको उनले बताए । आयोगले आफ्नो प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।
प्रतिवेदनमा तीनै तहका सरकारबाट हुने निर्णयमा नीतिगत निर्णयलाई परिभाषित गरी सो प्रक्रियाबाट हुने भ्रष्टाचारको छानबिन र अनुसन्धान सम्बन्धमा स्पष्ट कानून तर्जुमा गरि कार्यान्वयनमा जाने, सार्वजनिक खरिद ऐनले दिएको अधिकारलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने, उत्पादनमा आधारित अनुदान प्रणालीलाई प्रोत्साहन गर्दै अनुदान दिने कार्यलाई निरुत्साहित गर्ने र लागत साझेदारी हुने गरी मात्र अनुदानको व्यवस्था मिलाउँनेलगायतका सुझाव समेटिएको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : १८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले