२०८२, १३ फाल्गुन बुधबार

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै : २ महिनामा डेढ अर्बको बिक्री

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै : २ महिनामा डेढ अर्बको बिक्री


काठमाडौँ । दुई महिनामै नेपालले डेढ अर्बको अलैँची बिक्री गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को साउन र भदौमा नै नेपालले १ अर्ब ५० करोड ५ लाख बढीको अलैँची निर्यात गरेको हो । भन्सार विभागका अनुसार दुई महिनामा १ हजार ३३७ मेट्रिक अर्थात् १२ लाख १२ हजार ७६० केजी अलैँची निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने १२० प्रतिशतले वृद्धि भएको छ । गत आवको साउन–भदौमा ६८ करोड ९ लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार ८७४ केजी अलैँची निर्यात भएको थियो ।

नेपालबाट भारत, युएई, जर्मनी, इटली, पाकिस्तान, अमेरिका लगायतका देशहरूमा अलैँची निर्यात हुने गरेको छ । विशेषगरि मसला उत्पादनमा प्रयोग हुने अलैँची भारतमा बढी निर्यात हुन्छ । चालु आवको दुई महिनामा भने भारतमा मात्रै निर्यात भएको छ । अघिल्लो वर्षको उत्पादन अलैँची नै साउन र भदौमा निर्यात भएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मल भट्टराईले बताए । ‘अघिल्लो वर्षको उत्पादित स्टक अलैँची नै साउन र भदौमा निर्यात भएको हो । क्यारी ओभर जति माल आएको थियो, यो वर्षको उत्पादन होइन । अघिल्लो वर्षको उत्पादन हो । असार मसान्तपछि क्यारी भएर आउँछ, त्यही रहेको स्टक अलैँची हो’–अध्यक्ष भट्टराईले भने ।

अहिले विगतका वर्षको तुलनामा मूल्यमा पनि केही सुधार आएकाले निर्यात बढेको उनले बताए । उनले भने,–‘धेरै लामो समयपछि अलैँचीको मूल्य बढेको छ, मूल्यमा सुधार हुँदा नै यसको निर्यात बढेको हो । साउन र भदौमा अघिल्लो वर्षको स्टक अलैँची पनि बिक्री भएको छ ।’

निकै लामो समयपछि मूल्य वृद्धि भएकाले अलैँची किसानहरू उत्साहित छन् । अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग पनि बढेको छ । तर, नेपाली अलैँचीको माग बढेपनि समग्रमा यस वर्ष भने ५० प्रतिशत उत्पादन घट्ने अध्यक्ष भट्टराईले जानकारी दिए । ‘अहिले नेपाली अलैँचीको माग बढ्दो नै छ । तर, गत वर्षको तुलनामा यस वर्ष भने उत्पादन ५० प्रतिशतले गिरावट आउने आकलन छ’–उनले भने ।

सिँचाई लगायतका समस्याका कारण पनि उत्पादनमा कमी आउने आकलन गरिएको उनले बताए । ‘अहिले सिँचाइको समस्या छ, यस पटक समयमा पानी नपर्दा पनि समस्या भयो । यसले यस वर्षको उत्पादनमामा कमी आउने देखिएको छ’–अध्यक्ष भट्टराईले भने ।

विशेषगरि माघदेखि चैत महिनासम्म फूल खेल्ने समयमा नै पानी आवश्यक पर्छ । तर, त्यो समयमा पानी पर्न सकेन । सिँचाई सुविधा राम्रो भएमा उत्पादन पनि राम्रो हुने उनको भनाई छ । ‘समयमा पर्याप्त वर्षमा पनि भएन, विभिन्न रोगका कारण अलैँचीका बोट पनि मरेका छन्, यसले समग्र उत्पादनमा कमी आउने आकलन छ’–अध्यक्ष भट्टराईले भने ।

गत वर्ष भने नेपालमा अलैँची उत्पादन ५० प्रतिशतले वृद्धि भएको थियो । तर, भारत र भुटानको उत्पादन भने घटको थियो । आयात गर्ने मुलुकहरूको उत्पादन घटेपछि नै नेपाली अलैँचीको माग बढ्दा निर्यात बढेको थियो । गत वर्ष नेपालले कुल ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९ हजार ९९१ टन बढी अलैँची निर्यात गरेको हो । नेपालको पूवी पहाडी जिल्लाहरूमा अलैँचीको धेरै उत्पादन हुने गरेको छ। नेपालमा उत्पादित ९० प्रतिशत बढी निर्यात हुने गरेको छ । अलैँची खेती गर्न सकिने सम्भावना का जिल्लाहरूमा व्यापक बिस्तार हुन आवश्यक देखिन्छ ।

अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । अलैँचीका लागि योग्य सबै जमिनमा खेती विस्तार गर्न सके यसको निर्यात अझै बढ्ने व्यवसायीहरू बताउँछन् । विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकेता पनि खासै अलैँची किसानहरू बढी लाभान्वित हुन सकेका छैनन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ५ : ३२ बजे

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं