२०८२, २७ पुस आईतबार

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै : २ महिनामा डेढ अर्बको बिक्री

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै : २ महिनामा डेढ अर्बको बिक्री


काठमाडौँ । दुई महिनामै नेपालले डेढ अर्बको अलैँची बिक्री गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को साउन र भदौमा नै नेपालले १ अर्ब ५० करोड ५ लाख बढीको अलैँची निर्यात गरेको हो । भन्सार विभागका अनुसार दुई महिनामा १ हजार ३३७ मेट्रिक अर्थात् १२ लाख १२ हजार ७६० केजी अलैँची निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने १२० प्रतिशतले वृद्धि भएको छ । गत आवको साउन–भदौमा ६८ करोड ९ लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार ८७४ केजी अलैँची निर्यात भएको थियो ।

नेपालबाट भारत, युएई, जर्मनी, इटली, पाकिस्तान, अमेरिका लगायतका देशहरूमा अलैँची निर्यात हुने गरेको छ । विशेषगरि मसला उत्पादनमा प्रयोग हुने अलैँची भारतमा बढी निर्यात हुन्छ । चालु आवको दुई महिनामा भने भारतमा मात्रै निर्यात भएको छ । अघिल्लो वर्षको उत्पादन अलैँची नै साउन र भदौमा निर्यात भएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मल भट्टराईले बताए । ‘अघिल्लो वर्षको उत्पादित स्टक अलैँची नै साउन र भदौमा निर्यात भएको हो । क्यारी ओभर जति माल आएको थियो, यो वर्षको उत्पादन होइन । अघिल्लो वर्षको उत्पादन हो । असार मसान्तपछि क्यारी भएर आउँछ, त्यही रहेको स्टक अलैँची हो’–अध्यक्ष भट्टराईले भने ।

अहिले विगतका वर्षको तुलनामा मूल्यमा पनि केही सुधार आएकाले निर्यात बढेको उनले बताए । उनले भने,–‘धेरै लामो समयपछि अलैँचीको मूल्य बढेको छ, मूल्यमा सुधार हुँदा नै यसको निर्यात बढेको हो । साउन र भदौमा अघिल्लो वर्षको स्टक अलैँची पनि बिक्री भएको छ ।’

निकै लामो समयपछि मूल्य वृद्धि भएकाले अलैँची किसानहरू उत्साहित छन् । अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग पनि बढेको छ । तर, नेपाली अलैँचीको माग बढेपनि समग्रमा यस वर्ष भने ५० प्रतिशत उत्पादन घट्ने अध्यक्ष भट्टराईले जानकारी दिए । ‘अहिले नेपाली अलैँचीको माग बढ्दो नै छ । तर, गत वर्षको तुलनामा यस वर्ष भने उत्पादन ५० प्रतिशतले गिरावट आउने आकलन छ’–उनले भने ।

सिँचाई लगायतका समस्याका कारण पनि उत्पादनमा कमी आउने आकलन गरिएको उनले बताए । ‘अहिले सिँचाइको समस्या छ, यस पटक समयमा पानी नपर्दा पनि समस्या भयो । यसले यस वर्षको उत्पादनमामा कमी आउने देखिएको छ’–अध्यक्ष भट्टराईले भने ।

विशेषगरि माघदेखि चैत महिनासम्म फूल खेल्ने समयमा नै पानी आवश्यक पर्छ । तर, त्यो समयमा पानी पर्न सकेन । सिँचाई सुविधा राम्रो भएमा उत्पादन पनि राम्रो हुने उनको भनाई छ । ‘समयमा पर्याप्त वर्षमा पनि भएन, विभिन्न रोगका कारण अलैँचीका बोट पनि मरेका छन्, यसले समग्र उत्पादनमा कमी आउने आकलन छ’–अध्यक्ष भट्टराईले भने ।

गत वर्ष भने नेपालमा अलैँची उत्पादन ५० प्रतिशतले वृद्धि भएको थियो । तर, भारत र भुटानको उत्पादन भने घटको थियो । आयात गर्ने मुलुकहरूको उत्पादन घटेपछि नै नेपाली अलैँचीको माग बढ्दा निर्यात बढेको थियो । गत वर्ष नेपालले कुल ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९ हजार ९९१ टन बढी अलैँची निर्यात गरेको हो । नेपालको पूवी पहाडी जिल्लाहरूमा अलैँचीको धेरै उत्पादन हुने गरेको छ। नेपालमा उत्पादित ९० प्रतिशत बढी निर्यात हुने गरेको छ । अलैँची खेती गर्न सकिने सम्भावना का जिल्लाहरूमा व्यापक बिस्तार हुन आवश्यक देखिन्छ ।

अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । अलैँचीका लागि योग्य सबै जमिनमा खेती विस्तार गर्न सके यसको निर्यात अझै बढ्ने व्यवसायीहरू बताउँछन् । विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकेता पनि खासै अलैँची किसानहरू बढी लाभान्वित हुन सकेका छैनन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ५ : ३२ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,