२०८२, २१ भाद्र शनिबार

सुर्खेतको एक होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त

सुर्खेतको एक होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त


काठमाडौं । वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन् ।

मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

शुक्रबार राति झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन । घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दालन गरेका छन् ।

आफन्तले होस्टेल बाहिर तोडफोड गरेपछि उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ । विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ । आफन्तहरु घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ ।

प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिए ।

‘प्रहरीले भिडलाई नियन्त्रणमा लिएको छ । शवको मुचुलका उठाउने काम भइरहेको छ,’ एसपी थापाले भने, ‘घटना संवेदनशील छ, थप अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  १ : ४९ बजे

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन