२०८२, १० फाल्गुन आईतबार

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम


काठमाण्डौ । डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, पालिकामा पनि डेङ्गी नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाण्डौका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ ।

काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमणका बिरामी बढेपछि आवश्यक सावधानी अपनाउन आग्रह समेत गरेको छ । विगत एक हप्तादेखि ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जनाएको छ ।

महानगरको स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो हप्तासम्म डेङ्गीका बिरामी नगन्य थिए तर अहिले बिस्तारै बिरामी बढिरहेका छन् ।

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि महानगरले यस वर्ष पहिलो पटक बायो लार्विसाइड औषधि सबै वडामा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेका प्रमुख पौडेलको भनाइ छ । तथ्याङ्कअनुसार अहिले काठमाण्डौ महानगरका विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित छन् ।

महानगरका सबै वडामा हरेक हप्ताको बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चल्दै आएको छ । लामखुट्टेको टोकाइबाट जोगिन काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, झुल टाँगेर सुत्न विज्ञको सुझाव छ ।

डेङ्गी लागेमा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा
मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छ ।

अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार ७८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  १० : १० बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको