२०८२, ५ कार्तिक मंगलबार

काठमाडौंमा आज पनि डाक्टरहरुको प्रदर्शन

काठमाडौंमा आज पनि डाक्टरहरुको प्रदर्शन


काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी गरेका छन् । उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

बबरमहल तर्फबाट आएको चिकित्सकहरुको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो । त्यसक्रममा चिकित्सकहरुले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएका थिए ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  २ : २३ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,