२०८३, १० बैशाख शुक्रबार

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद


काठमाडौ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले बताउनुभयो ।

सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएको र इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्बा तामाङ, सोही स्थानका केशर तामाङ र २० वर्षिय माधव मगर रहेका छन् ।

चीनसँग सिमाना जोडिएको लप्चीबाट अवैध सुन भित्र्याएको सूचनाका आधारमा प्रहरीले चलाएको अप्रेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुमाथि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे पत्रकार सम्मेलनको आयोजना गरी बिस्कृत बिवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  १० : ३० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले