२०८३, २० आश्विन बुधबार

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु


काठमाडौं । साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै ८ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको छ । वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् ।

ईः का तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।

सातौं दिनमा मेयर शाहले प्रदर्शनरत ईः लाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए । तर नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपनि मेयर र अभियन्ताबीच आरोपप्रत्यारोपको स्थिति सिर्जना भएको थियो ।

महानगरले मंगलबार भने वार्ता टोली बनाएर औपचारिक वार्ताको प्रस्ताव गरेको हो ।

वार्ता सुरु हुनु अघि अनलाइनखबरसँग कुरा गर्दै ईः ले दुई महिना अघि बालेनको सचिवालयलाई बुझाएको खाकामाथि पुनर्विचार गर्न आग्रह गरे । उनले भने, ‘मेयरले चुनाव अघि गर्नुभएको आफ्नै वाचा सम्झिदिएर त्यो खाका हेरिदिनु भए हुन्छ ।’

ईः सहित अभियन्ताहरुले बुझाएको खाकामा फुटपाथ व्यवसाय तत्काललाई बिहान र बेलुका अस्तव्यस्त नहुने ठाउँमा खोल्न दिने प्रस्ताव थियो । जफत गरिएका साइकल, गाढा लगायतलाई फिर्ता वा मुआब्जा दिने प्रस्ताव गरिएको थियो । दीर्घकालका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरेर जाने मोडालिटीमा जान सकिने भनिएको थियो ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ३ : २९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको