२०८३, २० आश्विन बुधबार

१ महिनामा ६ सय ६६ वैदेशिक रोजगार ठगीका उजुरी

१ महिनामा ६ सय ६६ वैदेशिक रोजगार ठगीका उजुरी


काठमाण्डौ । गएको साउन महिनामा मात्रै वैदेशिक रोजगार विभागमा ६ सय ६६ वैदेशिक रोजगार ठगीको उजुरी परेको छ ।

वैदेशिक रोजगारीमा जान ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिँदा ६ सय ६६ वटा ठगीमा उजुरी परेको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै ठगी युरोप रोजगारीको नाममा भएको छ । युरोपका देश पोल्याण्ड, क्रोयसिया, माल्टा, रोमानीयाजस्ता देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगीमा परेका ३ सय ५२ वटा उजुरी विभागमा परेको छ ।

यस्तै २ सय ४४ उजुरी भने एजेण्टहरुबाट ठगी भएका छन् भने म्यानपावर कम्पनी विरुद्ध एक महिनामा ७० वटा उजुरी परेको छ ।

तुलनात्मक रूपमा म्यानपावर कम्पनीबाटभन्दा व्यक्तिगत तवरबाट बढी ठगी भएको पाइएको सूचना अधिकारी उप्रेतीले बताउनुभयो ।

पछिल्लो समय युरोपेली देशमा नेपाली श्रमिकहरूको माग बढ्दो छ । तर युरोपका कतिपय देशमा नेपाली नियोग नहुनु र भएका नियोगहरूबाट पनि मागपत्र प्रमाणीकरणको काम नहुँदा युरोप रोजगारीमा संस्थागत रूपमा म्यानपावर कम्पनीहरूले पठाउन नसकेको अवस्था छ ।

यसको फाइदा उठाइ विभिन्न एजेण्ट तथा कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरूले व्यक्तिगत रूपमा नेपालीहरूलाई युरोप पठाइरहेका छन् । जसको कारण मानव तस्करीसमेत मौलाइरहेको छ ।

गएको आर्थिक वर्ष २०७९/०८० मा विभागमा चार हजार चार सय ६४ वैदेशिक रोजगार ठगीको उजुरी परेको थियो । जसमध्ये विभागले १७ सय ५१ उजुरी फर्स्यौट गरेको छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ५ : १२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको