२०८२, १६ चैत्र मंगलबार

नमोबुद्ध विश्व सम्पदा सूचीको लागि पहल गर्ने प्रतिवद्धता

नमोबुद्ध विश्व सम्पदा सूचीको लागि पहल गर्ने प्रतिवद्धता

धार्मिक स्थल नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक



नमोबुद्ध । विश्व सम्पदा सूचीमा सूचिकरण हुने प्रकृयामा रहेको ऐतिहासिक, धार्मिक स्थल नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक पुगेका छन् ।

विश्व शान्ती दिवसरको अवसर पारेर काभ्रे सेवा समाज, जिल्ला समन्वय समितिको आयोजना, नमोबुद्ध नगरपालिका लगायतका संस्थाको सह–आयोजनामा भएको सांस्कृतिक पदयात्राको क्रममा एक साथ एक हजार पर्यटक नमोबुद्ध पुगेका हुन् । पनौतीमा एक कार्यक्रमका विच मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले शुभारम्भ गरेको पदयात्रा सुन्थान, इटे, दाहालटार, फेदी हुदैँ नमोबुद्धमा गएर टुंगिएको थियो ।

पदयात्रीहरुलाई नमोबुद्ध र धुखिलेल नगरपालिकाको सिमाना फेदी र नमोबुद्ध चैत्य परिसरमा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सबै वडाका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी र स्थानीयले भव्य स्वागत गरेका थिए । पञ्चेबाजा, धिमेबाजा, लाखे नाँचसहित पर्यटकहरुलाई स्वागत गरिएको थियो ।

नमोबुद्द १ स्थित ठाङ्गु टासि याङ्चे गुम्बामा आयोजित समापन समारोहमा बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, उपप्रमुख रिमबहादुर तामाङ, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत विशिष्ठ महानुभावहरुको सहभागिता थियो ।
समापनमा मन्त्री लामाले नमोबुद्ध क्षेत्रको सर्वा¨िण विकासको लागि नमोबुद्ध नगरपालिकासंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लाको विकासको लागि काभ्रेली सक्षम भएको सन्देश पदयात्राले दिएको बताए । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध आइपुग्ने सबै पर्यटकलाई आभार प्रकट गर्दै संघ, प्रदेश र अन्य निकायको सहयोगमा नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गरिने बताए । काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले नमोबुद्धको पर्यटकीय विकासको लागि पदयात्रा फलदायी हुने विश्वास गरे । उनले सह–आयोजकको रुपमा पदयात्राको उत्कृष्ट व्यवस्थापन गरेको नमोबुद्ध नगरपालिकालाई आधार प्रकट गरे ।

ठाङ्गु टासि याङ्चे गुम्बाका उपाध्यक्ष आचार्य लामा कर्मा फुर्वु शेर्पा, नमोबुद्ध भगवान घ्या¨ गुठीका लामा गुरु सानुकान्छा लामा लगायतले नमोबुद्ध परिसरको ऐतिहासिकता र महत्वबारे चर्चा गरेका थिए ।

विश्व सम्पदा सूचीमा सुचिकरणको प्रकृया नगरपालिकाले अघि बढाइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत निर्माण गरिएको छ । बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकरण गर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  १ : २४ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक