२०८३, ९ श्रावण आईतबार

तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण


काठमाण्डौ । पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ ।

अघिल्लोे आइतवारदेखि शरद ऋतुको आरोहण शुरु भएको हो । यो सिजन मनास्लु हिमाल आरोहणमा लागि उपयुक्त मानिन्छ । यस वर्षको शरद ऋतुमा नेपालमा हिमाल आरोहणका लागि तीन सय ९५ जनाले अनुमति लिएकामा तीन सय एक जनाले मनास्लुका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण अनुमतिबापत सरकारले यो सिजनमा तीन करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

मनास्लु विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । सबैभन्दा पहिले सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ११ : २९ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक