२०८२, १८ भाद्र बुधबार

जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल

जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल


काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ ।

गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहमा उहाँले योगले ‘स्वस्थ मन’ बनाउने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनावबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ । राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने बताउनु भयो ।

समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तर्गत यो कार्यक्रम शुरुआत गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले अपराध नियन्त्रण तथा सेवा दिने काम हुँदाहुँदै गृहअन्तर्गतका निकायले आफ्नो कार्य क्षेत्रका कामलाई सकारात्मक र प्रभावकारी बनाउनका लागि योगलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले प्रहरीको हकमा कुन बेला गर्ने भनेर योजना बनाउन बाँकी रहेको तर प्रशासनिक क्षेत्रमा अफिस समयको शुरुको १५ मिनेट योगाभ्यास गर्ने गरी योजना बनाइएको बताउनुभयो ।

सुशासन अभियानका लागि पनि योग र ध्यानको अभ्यास जरुरी रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ११ : ३८ बजे

साउदीसँगको श्रम सम्झौताबाट नेपाली श्रमिकलाई हुने सम्भावित फाइदाहरू

काठमाडौं । साउदी अरेबियासँग श्रम सम्झौता गर्न नेपालको दीर्घकालीन प्रयास

गोंगबुमा ठुलो परिमाणको अवैध सम्पत्ति फेला : सवा ४ करोड नगद र ९ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक निजी निवासमा प्रहरीले विशेष सूचनाका

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने

काठमाडौं । नेकपा एमालेले आज अपराह्न ३ बजेका लागि सचिवालय

बेइजिङ पुगे प्रधानमन्त्री ओली, चिनियाँ उपराष्ट्रसित भेट तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (SCO)

विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न