२०८२, १९ फाल्गुन मंगलबार

संविधान दिवसको अवसरमा टीकापुर घटनाका तीन जना कैदीबन्दी रिहा

संविधान दिवसको अवसरमा टीकापुर घटनाका तीन जना कैदीबन्दी रिहा


काठमाण्डाै । टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिनुभयो । उनीहरू टीकापुर घटना मुद्दामा आठ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।

त्यस्तै यही घटनामा माफी मिनाहा पाएका पोखराको बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि छुट्ने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, सङ्घीय सांसद गङ्गाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले उनीहरूको कारागारभित्रै अबिर जात्रासहित स्वागत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, ३ आश्विन बुधबार  ५ : ०७ बजे

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा

सिन्धुलीका केही पालिकामा चन्दा आतंक

सिन्धुली । मतदानको समय नजिकिंदै गर्दा सिन्धुलीका केही पालिकाको चन्दा

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २