२०८२, २५ भाद्र बुधबार

संविधान दिवसको अवसरमा टीकापुर घटनाका तीन जना कैदीबन्दी रिहा

संविधान दिवसको अवसरमा टीकापुर घटनाका तीन जना कैदीबन्दी रिहा


काठमाण्डाै । टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिनुभयो । उनीहरू टीकापुर घटना मुद्दामा आठ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।

त्यस्तै यही घटनामा माफी मिनाहा पाएका पोखराको बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि छुट्ने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, सङ्घीय सांसद गङ्गाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले उनीहरूको कारागारभित्रै अबिर जात्रासहित स्वागत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, ३ आश्विन बुधबार  ५ : ०७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा