२०८३, १० कार्तिक मंगलबार

रूपन्देहीको तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

रूपन्देहीको तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते


काठमाण्डौ । रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

झडपका क्रममा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

झडपमा परी काठमाडौं महानगरपालिका १ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा ९ केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप हुँदा स्याङताङमाथि धारिलो हतियार प्रहार भएको थियो ।

मदिरा सेवन गरेका मजदुरहरु धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यसबारेमा केही बताएको छैन । प्रहरी नायव उपरीक्षक थापाले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  ११ : २७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि