२०८२, १६ पुस बुधबार

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै


काठमाडौं । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषिपञ्चमी पर्व मनाइन्छ । आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीले जानकारी दिए ।

यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

ऋषिपञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको गौरीघाटमा स्नान र पूजा गर्नेहरु भेला भएका छन् ।

यस अवसरमा आज काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्ने श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । कतिपय महिलाहरुले घरमै पनि सप्तऋषिको पूजा गर्दछन् ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  १० : ४७ बजे

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले