२०८२, १६ चैत्र मंगलबार

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै


काठमाडौं । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषिपञ्चमी पर्व मनाइन्छ । आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीले जानकारी दिए ।

यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

ऋषिपञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको गौरीघाटमा स्नान र पूजा गर्नेहरु भेला भएका छन् ।

यस अवसरमा आज काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्ने श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । कतिपय महिलाहरुले घरमै पनि सप्तऋषिको पूजा गर्दछन् ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  १० : ४७ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक