२०८३, १० बैशाख शुक्रबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

भेटमा भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तब्यको रुपमा रहेको अष्ट्रेलियाले छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्ने बताएका थिए । विद्यार्थीहरू सँगै विभिन्न पेशा र ब्यवसायमा संलग्न ठूलो संख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्टे«लिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने बताएको उनको सचिवालयले जनाएको छ । राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराएकी थिइन् ।

नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताएकी उनले आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे समेत अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ७ : २८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले