२०८२, ४ कार्तिक सोमबार

२ महिनामा काठमाण्डौ महानगरले १ अर्ब १७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गर्‍याे

२ महिनामा काठमाण्डौ महानगरले १ अर्ब १७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गर्‍याे


काठमाण्डौ । चालु आर्थिक वर्षको दुई महिनामा काठमाण्डौ महानगरपालिकाले एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ ।

साउन र भदौमा गरेर एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ आम्दानी भएको काठमाण्डौ महानगरले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ करोड रुपैयाँभन्दा धेरै हो । गएको आर्थिक वर्षको साउन र भदौमा ९३ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको छ ।

काठमाण्डौ महानगरको आम्दानीको सबैभन्दा ठूलो हिस्सा घरबहाल करको रहेको छ । दुई महिनामा घरबहाल बापत महानगरले ५२ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै २५ करोड ३१ लाख सम्पत्ति कर, नक्सा पास दस्तुर १४ करोड ३६ लाख, व्यवसाय रजिस्ट्रेशन दस्तुर १३ करोड ७७ लाख, पर्यटन शुल्क एक करोड ५५ लाख, सिफारिस दस्तुर एक करोड ३२ लाख र अन्य सेवा शुल्क शीर्षकमा पाँच करोड ९२ लाख रुपैयाँ आम्दानी भएको छ ।

महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ३ : ४६ बजे

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,

प्रधानमन्त्री कार्कीको सन्देश : “स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध”

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार