२०८३, २० आश्विन बुधबार

राष्ट्रपति पौडेलले, सुवास नेम्वाङको परिवारलाई पठाए समवेदना सन्देश

राष्ट्रपति पौडेलले, सुवास नेम्वाङको परिवारलाई पठाए समवेदना सन्देश


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, सुवास नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।
आईतबार राष्ट्रपति पौडेलले नेम्वाङका परिवारजनलाई समवेदना सन्देश पठाउँदै नेपालको राजनीतिक र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्नुहुने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम् तयार हुने नेता भएको उल्लेख गरेका छन् ।
समवेदना सन्देशमा लेखिएको छ “जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै विर्सने छैनन्, नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डो¥याउन सक्ने एउटा असल नेताको छविको रुपमा पाएको थिए”
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका संघर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा नेम्वाङसंग भएका सहकार्यहरू आफ्नो स्मृतिमा ताजै रहने बताएका छन् ।
नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपति पौडेलले शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा एमाले पार्टी र शुभेच्छुकहरूमासमवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ४ : १३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको