२०८३, ११ कार्तिक बुधबार

श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त (जि .स .स) कास्की प्रमुख पौडेल

श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त (जि .स .स) कास्की प्रमुख पौडेल


पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा प्रदान गर्ने बिषय पहिलो शर्तका रूपमा लिन कास्कीका रोजगारदाता कम्पनी र व्यवसायीहरूलाइ आग्रह गर्नुभएको छ।

पौडेलले नेपाल सरकारले न्युनतम पारिश्रमिक तथा श्रम ऎन ,२०७४ र नियमाबलि २०७५ बमोजिम पाउनुपर्ने अन्य सेवा सुबिधा प्रदान गर्ने बिषयमा गम्भीर बन्न रोजगारदाता व्यवसायीहरूलाइ आग्रह गर्नुभयो।

कतिपय आपूर्तिकर्ता रोजगारदाताहरूले समयमा पारिश्रमिक नपाएको गुनासो बढेको भन्दै सामाजिक सुरक्षा कोष , बिदा , संचयकोष ,महङ्गी भत्ता ,औषधि उपचार ,बिमा लगायतका बिषय पूर्ण कार्यान्वयन गर्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो।
पौडेलले सो कुरा श्रम कार्यालय पोखराको आयोजनामा श्रमिक आपूर्तिकर्ता सम्बन्धि विद्यमान कानुन तथा नियमावली सम्बन्धि रोजगारदाता र सरोकारवालासंगको अन्तर्क्रीया कार्यक्रमको उद्घाटन गर्दै बताउनु भएको हो।

श्रमिक कुनै पनि क्षेत्रको उत्पादन र सेवा प्रबाहको महत्वपूर्ण मेरूदण्द भएको हुँदा सामाजिक सुरक्षाकोष मार्फत सरकारले शुरु गरेको श्रमिकको सुरक्षाको बिषयलाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृत झबिश्वर रेग्मी ,श्रम कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल , सोही कार्यालयका इन्जिनियर बिबेक यादब लगायतले आफ्नो भनाइ राख्नु भएको थियो।

श्रम कार्यालय पोखराका कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकालको अध्यक्षतामा संचालित अन्तर्क्रीया कार्यक्रममा कास्कीका श्रमिक आपूर्तिकर्ता कम्पनी र व्यवसायीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ५ : ४८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता