२०८३, २५ भाद्र शुक्रबार

श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त (जि .स .स) कास्की प्रमुख पौडेल

श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त (जि .स .स) कास्की प्रमुख पौडेल


पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा प्रदान गर्ने बिषय पहिलो शर्तका रूपमा लिन कास्कीका रोजगारदाता कम्पनी र व्यवसायीहरूलाइ आग्रह गर्नुभएको छ।

पौडेलले नेपाल सरकारले न्युनतम पारिश्रमिक तथा श्रम ऎन ,२०७४ र नियमाबलि २०७५ बमोजिम पाउनुपर्ने अन्य सेवा सुबिधा प्रदान गर्ने बिषयमा गम्भीर बन्न रोजगारदाता व्यवसायीहरूलाइ आग्रह गर्नुभयो।

कतिपय आपूर्तिकर्ता रोजगारदाताहरूले समयमा पारिश्रमिक नपाएको गुनासो बढेको भन्दै सामाजिक सुरक्षा कोष , बिदा , संचयकोष ,महङ्गी भत्ता ,औषधि उपचार ,बिमा लगायतका बिषय पूर्ण कार्यान्वयन गर्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो।
पौडेलले सो कुरा श्रम कार्यालय पोखराको आयोजनामा श्रमिक आपूर्तिकर्ता सम्बन्धि विद्यमान कानुन तथा नियमावली सम्बन्धि रोजगारदाता र सरोकारवालासंगको अन्तर्क्रीया कार्यक्रमको उद्घाटन गर्दै बताउनु भएको हो।

श्रमिक कुनै पनि क्षेत्रको उत्पादन र सेवा प्रबाहको महत्वपूर्ण मेरूदण्द भएको हुँदा सामाजिक सुरक्षाकोष मार्फत सरकारले शुरु गरेको श्रमिकको सुरक्षाको बिषयलाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृत झबिश्वर रेग्मी ,श्रम कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल , सोही कार्यालयका इन्जिनियर बिबेक यादब लगायतले आफ्नो भनाइ राख्नु भएको थियो।

श्रम कार्यालय पोखराका कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकालको अध्यक्षतामा संचालित अन्तर्क्रीया कार्यक्रममा कास्कीका श्रमिक आपूर्तिकर्ता कम्पनी र व्यवसायीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ५ : ४८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको