२०८२, २५ फाल्गुन मंगलबार

मिड सोलु हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुल्ला

मिड सोलु हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुल्ला


काठमाडौं । मिड सोलु हाइड्रोपावर (मध्य सोलु जलविद्युत) लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँट गरिसकिएको छ ।

यस्तै, सर्वसाधारणका लागि ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर सर्वसाधारण छुट्याइएकोमा त्यसको १० प्रतिशतले हुन आउने ७४ हजार ८४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी कम्पनीले बाँडफाँट गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ११ : ०९ बजे

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै