२०८३, ९ कार्तिक सोमबार

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, अन्त्येष्टि भोलि

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, अन्त्येष्टि भोलि


काठमाण्डौ। प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ ।

दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ । घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिनेछ ।

भोलि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ । संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारले शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

यस्तै, नेम्वाङको निधनको शोकमा आज तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न भोलि ३ बजेलाई अर्को बैठक तोकिएको छ ।

पूर्व सभामुख नेम्वाङको हिजो राति हृदयघातका कारण निधन भएको थियो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख रहेका नेम्वाङकै कार्यकालमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  १० : ४३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि