२०८३, ५ आश्विन मंगलबार

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, अन्त्येष्टि भोलि

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, अन्त्येष्टि भोलि


काठमाण्डौ। प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ ।

दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ । घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिनेछ ।

भोलि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ । संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारले शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

यस्तै, नेम्वाङको निधनको शोकमा आज तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न भोलि ३ बजेलाई अर्को बैठक तोकिएको छ ।

पूर्व सभामुख नेम्वाङको हिजो राति हृदयघातका कारण निधन भएको थियो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख रहेका नेम्वाङकै कार्यकालमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  १० : ४३ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको