२०८२, १९ फाल्गुन मंगलबार

देशका धेरै ठाउँमा वर्षा, सिन्धुलीमा मुसलधारे पानी परेपछि बाढीको चेतावनी

देशका धेरै ठाउँमा वर्षा, सिन्धुलीमा मुसलधारे पानी परेपछि बाढीको चेतावनी




काठमाण्डौ । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो ।

विशेष गरेर कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले ठूलो पानी परिरहेको छ । दाङ, बाँके, कास्की, गोरखा, चितवन, सिन्धुली, नुवाकोट, बारा, सोलुखुम्बु, इलाम लगायतका ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सिन्धुलीको सिन्धुलीमाडी र सिन्धुलीगढी क्षेत्रमा मुसलधारे पानी परेको छ । स–साना खोलामा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको हुनाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । देशैभर एकैसाथ ठूलो पानी पर्ने र झरीको सम्भावना नभए पनि ठाउँठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

भोलि पनि काठमाण्डौ सहितका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ५ : १२ बजे

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा

सिन्धुलीका केही पालिकामा चन्दा आतंक

सिन्धुली । मतदानको समय नजिकिंदै गर्दा सिन्धुलीका केही पालिकाको चन्दा

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २