२०८२, २५ मंसिर बिहीबार

एमालेका पूर्वघोषित सवै कार्यक्रम स्थगित : कार्यवाहक महासचिव ज्ञवाली

एमालेका पूर्वघोषित सवै कार्यक्रम स्थगित : कार्यवाहक महासचिव ज्ञवाली


काठमाडौं । नेकपा एमालेले पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ। एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आज बिहान निधन भएकाले अर्को सूचना नभएसम्मका लागि एमालेको सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको छ । हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ। हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १: ४० बजे त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ।

’एमालेका कार्यवाहक महासचिव ज्ञवालीले भन्नुभयो, ,‘शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ९ : ३८ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास