२०८२, २ जेष्ठ बिहीबार

प्रचण्ड सरकार आफैँ तस्करीमा संलग्न छ : अध्यक्ष ओली

प्रचण्ड सरकार आफैँ तस्करीमा संलग्न छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।

तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको तर्क गरे ।

‘सरकार तस्करीमा संलग्न हुन्छ ।  तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन् ।’ उनले भने, ‘जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चहान्छु अनेक किसिमका स्टन्टबाजी होईन्, भ्रष्टाचार नगर्नु, भ्रष्टाचार रोक्नुस, कमिशनखोरी बन्द गर्नुस्,  जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटो तर्फ लाग्ने काम गर्नुस् ।’

उनले तेजाव आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए । उनले भने, ‘यस्तो कार्य कही पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निशूल्क गरोस् ।’

राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन उनले सञ्चारमाध्यमलाई सुझाव दिए । उनले भने, ‘यो तेजाव आक्रमण विरुद्धको दिवसमार्फत हामीले मानवीय भावना, जागरण फैलाउँन पनि जरुरी छ । अर्को कुरा दण्ड सजायको कडा व्यवस्था छ भन्ने कुराको प्रचार पनि गर्न जरुरी छ । थप अपराध रोक्नका लागि हामीले यस प्रकारको प्रचार गर्न आवश्यक छ । ’

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ४ : ०१ बजे

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि