२०८२, २३ चैत्र मंगलबार

हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु


काठमाडौं । हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ ।

आइतबार काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत् एयरलाइन्सका उपाध्यक्ष विजय शर्माले आजबाट हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा उडान सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा संस्कृति पर्यटन नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आर्थिक र प्राकृतिक रुपले धनि शहर छिङ्दाओमा पहिलोपट उडान सुरु हुनु खुसीको विषय रहेको भन्दै बढी भन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन उडानले सहयोग पुग्ने विश्वास व्यक्ति गरे । 

किरातीले भने, ‘खासगरी चिनियाँ ग्रामिण समाजको संस्कृति र नेपाली संस्कृति धेरै मिल्दोजुल्दो छ भनेर त्यहाँका अध्याताहरुले दाबी गर्ने गर्छन् । वास्तवमा चिनियाँ नागरिकहरुलाई पाहँुनाको रुपमा नेपालमा धेरै भित्र्याउन सके उनीहरुलाई हाम्रो ग्रामिण जिवन र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउन सके हाम्रो नेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ गन्तव्य बन्न सक्ने विस्वास छ । यो उडानले धेरै भन्दा धेरै चिनियाँ पाहुनाहरु यहाँ आउनुहुने छ ।’

साथै उनले एयरलान्स क्षेत्रको विकास गर्दै काठमाडौं –पोखरा,पोखराबाट चाइनाको विभिन्न शहर र पोखराबाट काठमाडौं हुदै चाइना जानेसम्मको उडान गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ११ : ५६ बजे

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु